संसद् भवन निर्माणको प्रगति ८७ प्रतिशत, समयमै पूरा नभए कारबाही

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत अनुगमन गरेका छन्। मन्त्री घिसिङ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनलगायत सम्मिलित टोलीले शनिबार निर्माणस्थलको अनुमगन गर्नुका साथै निर्माण सम्पन्न हुन समय तालिकाका विषयमा छलफल गरेको थियो। […]