नेपाल-युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्र मन्त्री शिशिर खनाल र युगाण्डाका विदेश मन्त्री एडोनिया अयेबारेबीच आज साइडलाइनमा भेटवार्ता भएको छ । न्यूयोर्कमा जारी महासभाको उच्चस्तरीय छलफलका क्रममा भएको भेटमा युगाण्डाका विदेश मन्त्री अयेबारेले आगामी असंलग्न आन्दोलन (नाम) को मन्त्रीस्तरीय बैठक सम्बन्धमा परराष्ट्रमन्त्री खनाललाई जानकारी गराएका थिए। भेटवार्ताका क्रममा दुवै पक्षबीच ‘नाम’का गतिविधि तथा […]