स्थानीय तहलाई दिएको अधिकारमा हस्तक्षेप नगर्न संघीय सरकारसँग नगरपालिका संघको आग्रह

काठमाडौँ । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय तहलाई संविधानले दिएको अधिकारमा हस्तक्षेप नगर्न संघीय सरकारसँग आग्रह गरेका छन् ।  शिक्षा मन्त्रालयले आइतबार आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफलमा उनले विद्यालय शिक्षामा संघीय सरकारले अनावश्यक हस्तक्षेप गरेको बताएका हुन् । उनले कक्षा १२ सम्मको विद्यालय शिक्षा स्थानीय तहको एकल अधिकारको विषय भएको […]