प्रतिनिधि सभाबाट तीन महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए

काठमाडौँ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले कानूनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । बुधवारको संसद् बैठकमा मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३’, ‘नेपाल कानून […]