नीति अनुसन्धान केन्द्रका सुझावले चिकित्सा शिक्षा ऐनलाई निष्प्रभावी बनाउँछ: डा केसी

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले नीति अनुसन्धान प्रतिष्ठानमार्फत सरकारले ल्याउन लागेको भनिएका सुझावप्रति गम्भीर आपत्ति जनाएका छन्। बुधबार प्रेस विज्ञप्तिमार्फत डा. केसीले चिकित्सा शिक्षा क्षेत्रलाई पुनः अव्यवस्थित र अनियन्त्रित बनाउने गरी सरकारले तयारी गरिरहेको भन्दै त्यसले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा गम्भीर असर पार्ने बताएका हुन्।