सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी बस्तीमा केही दिनअघि चहलपहल थियो । टिनका छाप्रा भए पनि जीवनको एउटा लय थियो । कतै बच्चा रोएको आवाज सुनिन्थ्यो, कतै कसैको भान्छामा दाउरा बलेको गन्ध आउँथ्यो । विद्यालय उमेरका बालबालिका विद्यालय जान्थे, अभिभावकहरु ज्याला मजदुरीलगायत आ-आफ्नो श्रममा जान्थे र खुशीसाथ जिवन बिताइरहेका थिए । […]