अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार जुन महिनाका लागि नेपाली डिभी विजेताको केस नम्बर ११ हजार कायम गरिएको छ। यो संख्या अप्रिल र मे महिनाका लागि १० हजार रहेकोमा जुनका लागि बढाइएको हो। मार्च महिनाका लागि ६ हजार ५ सय केस नम्बरको सिमाबन्दी लगाइएकोमा अप्रिलका लागि उल्लेख्य वृद्धि गरिएको थियो। […]