अबुधाबी– संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपाली नागरिकको मृत्यु भएको छ। मृतक गोर्खा घर भएका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार श्रेष्ठ ‘मध्य पूर्व कम्पनी’ मा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। घटनाबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले पुष्टि गरेको छ। घटनाको […]