कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनको बाटो खुल्यो

बन्द सत्रबाट सोमबार पारित कार्यविधिअनुसार २०७८ साल मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको अवस्थालाई मध्यनजर गर्दै सो समिति विघटन गरिने भएको छ।