ड्रग्स काण्डमा मुछिएका अभिनेत्री रकुल प्रीतका भाइ अमनलाई खोज्दै प्रहरी

बलिउड अभिनेत्री रकुल प्रीत सिंहका भाइ अमन प्रीत सिंह लागूऔषध (ड्रग्स) सम्बन्धी मुद्दामा फसेका छन् । तेलुगु र हिन्दी फिल्म उद्योगमा काम गर्दै आएका अमनमाथि हैदराबाद प्रहरीले ड्रग्स कारोबारमा संलग्न रहेको आरोप लगाएको छ ।