ह्वाइट हाउसमा निर्माण विवाद, अपिल अदालतले दियो ट्रम्पलाई राहत

ह्वाइट हाउसमा निर्माण गर्न लागिएको सभाहलको निर्माण कार्य जारी राख्न अपिल अदालतले अनुमति दिएको छ। यसअघि जिल्ला अदालतका न्यायाधीश रिचर्ड लियोनले उक्त निर्माण रोक्न आदेश दिएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जमिनमुनि र जमिनमाथि रहने गरी सभाहल निर्माण गर्न लागेका हुन्। डिस्ट्रिक्ट अफ कोलम्बियाको अमेरिकी अपिल अदालतमा ट्रम्प प्रशासनले जिल्ला अदालतको आदेशविरुद्ध अपिल गरेको थियो। […]