नुवाकोटको स्वाराडाँडामा बाढीप्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

नेपाल चिकित्सक संघ, भीडीआरसी, अमरीकेयर्स र विदुर नगरपालिकाको संयुक्त सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा बाढीप्रभावित क्षेत्रबाट उद्धार गरी बेत्रावती हुँदै ल्याइएका १२५ जनाभन्दा बढी बिरामीहरूले प्रत्यक्ष स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन्।