पत्रकारका गल्ती तीन तहमा वर्गीकरण, दोषअनुसार कारबाहीको व्यवस्था

पत्रकार तथा सञ्चारमाध्यमबाट हुने आचारसंहिता उल्लंघनलाई गम्भीरताका आधारमा तीन तहमा वर्गीकरण गर्ने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रायसुझावका लागि सार्वजनिक गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा गल्तीको प्रकृतिअनुसार फरक कारबाहीको व्यवस्था राखिएको हो। मन्त्रालयले मस्यौदामा रायसुझाव मागेको सूचना प्रकाशित गरेको छ। मस्यौदामा नाम, पद, मिति वा तथ्याङ्कमा गल्ती तथा सम्पादनका क्रममा […]