काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उनले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर (प्रेषण) केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘आयुर्वेदको प्रभावकारी र गुणस्तरीय उपचार केन्द्रका रूपमा यसलाई विकास गर्नुपर्छ ।’ आयुर्वेद चिकित्सालयलाई अत्याधुनिक, सुविधा सम्पन्न […]