‘हुलाक सेवाको आधुनिकीकरण र विस्तार सरकारको प्राथमिकतामा रहेको छ’ : मन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवाको आधुनिकीकरण र विस्तार सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री, छिटो, भरपर्दो, प्रतिस्पर्धी तथा सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। १५२औँ विश्व हुलाक दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले बदलिँदो प्रविधि र सेवाग्राहीको अपेक्षालाई सम्बोधन गर्न हुलाक पूर्वाधारको सुदृढीकरण, […]