तीजमा पशुपतिमा कडा सुरक्षा, बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले गरे दर्शन

काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको भीडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेका छन्। पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः१५ बजेदेखि खुला गरिएको थियो। बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरीले जनाएको छ। सुरक्षाका लागि नेपाल प्रहरीले दुई सिफ्टमा २ हजार ५ सयभन्दा […]