विकासले उज्यालिँदै गाउँ, बसाइँसराइले बन्दै छन् अँध्यारा
वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तह सबल हुँदा विकासका कार्यक्रम गाउँकेन्द्रित भए पनि गाउँ भने रित्तिँदै गएका छन् ।