अफ्रिकन देश कङ्गोका सुन खानीहरूमा इबोला महामारी, जोखिम र गरिबीबीच फैलिँदो संकट

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको उत्तर–पूर्वी इटुरी प्रान्तस्थित सुन खानी क्षेत्र मङ्ग्ब्वालुमा इबोला भाइरसको प्रकोप तीव्र रूपमा फैलिँदा कम्तीमा ३०० जनासम्मको मृत्यु आशंका गरिएको छ। दशकौँदेखि सुन उत्खननले जीवन धानेको यो पहाडी सहर अहिले महामारीको केन्द्र बनेको छ, जसले स्थानीय अर्थतन्त्र र जनजीवन दुवैलाई गम्भीर संकटमा पारेको छ। स्थानीय अधिकारीहरूका अनुसार प्रकोप सम्भवतः यस वर्ष फेब्रुअरीदेखि […]