अहिलेका बच्चा अस्थिर छन्, मोबाइलको लत छ। एकै ठाउँमा घन्टौँ बस्छन् मोबाइल पाए, नत्र दश पन्ध्र मिनेट बस्न पनि धौधौ छ। हामी अहिलेका बच्चालाई त्यही बाले भने झैँ पन्थ मारेर बस, चुपचाप बस, नबोल, बोल्न हुन्न, भन्दछौँ कसरी मान्छन्! शिक्षकहरू ‘पिन ड्रप साइलेन्ट क्लास’ भन्दछौँ तर यो सम्भव छैन।