बिदामा पनि आकस्मिक स्वास्थ्य सेवा २४ घण्टा सञ्चालन गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै बिदाका दिनहरूमा पनि आकस्मिक तथा अन्तरंग स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भए पनि बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न अस्पतालहरूलाई सेवा सञ्चालन गर्न आग्रह गरिएको हो। मन्त्रालयका अनुसार आइतबार पूर्वनिर्धारित शल्यक्रिया (OT) लगायतका सेवा बिरामीको […]