इरान युद्धले सर्‍यो ट्रम्पको चीन भ्रमण : अमेरिका मध्यपूर्वमा अल्झिँदा बेइजिङलाई रणनीतिक फाइदा

यसैबिच, इरान युद्धका कारण चीनलाई केही महत्त्वपूर्ण दीर्घकालीन फाइदा पुगिरहेको विज्ञहरूले विश्लेषण गरेका छन्। ब्रुकिङ्स इन्स्टिच्युसनका फेलो जोन सिजिनका अनुसार अमेरिका मध्यपूर्वमा प्रत्यक्ष युद्धमा व्यस्त रहँदा इन्डो-प्यासिफिक क्षेत्रमा उसको सैन्य ध्यान र शक्ति हटेको छ।