काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी वृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् । गत भदौ २३–२४ को जेन-जी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा […]