नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको पदाधिकारीहरूमा दुई कार्यकालको प्रावधानलाई विधानमा पुन: स्थापना गर्न माग गरेका छन् । पार्टी कार्यालय च्यासलमा सोमबार बुझाइएको अवधारणापत्रमा पोखरेलले आठौँ र नवौँ महाधिवेशनमार्फत अभ्यास गरिएको अवधारणालाई केन्द्रदेखि स्थानीय तहसम्म नयाँ सन्दर्भमा परिमार्जन गरी लागू गरिनुपर्ने माग राखेका हुन् ।
११ औँ महाधिवेशन आउन पाँच दिन...