बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको मन्त्री बादीद्वारा निरीक्षण

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले रसुवा-भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालित अस्थायी विद्यालयको स्थलगत निरीक्षण गरेकी छन् । मन्त्री बादीले आवासीय सुविधासहित सञ्चालित विद्यालयमा पुगेर बालबालिकाको पठनपाठन, खानपान, पोषण, स्वास्थ्य, आवास तथा दैनिक हेरचाहको अवस्थाबारे जानकारी लिएकी हुन् । निरीक्षणका क्रममा उनले बालबालिकालाई जाडो […]