विश्वकप फुटबल: पूर्वविजेतालाई नयाँको कडा चुनौती

विश्वकप फुटबलमा पूर्वच्याम्पियन स्पेन नवप्रवेशी केप भर्डेसँग अङ्क बाँड्न बाध्य भएको छ। विश्वकप विजेता स्पेन र अफ्रिकी राष्ट्र केप भर्डेबिचको खेल बराबरीमा टुङ्गिएको हो। अमेरिकाको एटलान्टास्थित एटलान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो। सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपको नवप्रवेशी टोली केप भर्डेसँग निकै दबाबमा […]