हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो । उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।