नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप हुँदैनः मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन लिदैँ उनले नेपाल टेलिकमको खास गरेर बिलिङ प्रणालीको खरिद प्रक्रियाको सन्दर्भमा यो प्रतिवेदन अवरोधक नबन्ने र हस्तक्षप नगर्ने बताए । […]