काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु सहकार्यसम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। टर्किएको अन्ताल्यामा शुक्रबार आयोजित कार्यक्रममा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) का सम्पर्क व्यक्ति महेश्वर ढकाल र दक्षिण कोरियाका तर्फबाट जलवायु परिवर्तनसम्बन्धी […]