डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न पुनः सुरु गरेका छन्। लामो समयदेखि किस्ताबन्दी सुविधा लिएर रकम बुझाउँदै आएका ती उद्योगहरूले केही महिनासम्म किस्ता रोकेपछि फेरि भुक्तानी गर्न थालेका हुन्। प्राधिकरणका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले आ–आफ्नो किस्ता बुझाएका छन्। सम्राट […]