जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८०० भन्दा बढी महत्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज स्वदेश फिर्ता ल्याएर राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय अभिलेखालयमा शुक्रबार आयोजित कार्यक्रममा हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा. मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा परराष्ट्रमन्त्री शिशिर खनाललाई दस्तावेज […]