विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेपछि पार्टी नेता प्रदीप ज्ञवालीले प्रक्रिया र न्यायिक अभ्यासबारे टिप्पणी गरेका छन्। उनले राज्यका संवैधानिक तथा कानुनी अधिकारप्राप्त निकायहरूले गर्ने अनुसन्धानमा सहयोग गर्नु र कानुनअनुसार प्रश्नहरूको सामना गर्नु आफ्नो पार्टीको स्थापित मान्यता भएको बताएका छन्। ‘राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग […]