अध्ययन बिदा दुरुपयोग गरेका ४१ प्राध्यापकबाट साढे १० असुल

अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई नोक्सान पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यायलका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट १० करोड ४६ लाख ५६ हजार […]