बाँके-३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

बाँके क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।