मध्यपूर्व तनाव : नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा प्रत्यक्ष असर, १६ उडान रद्द !

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा प्रत्यक्ष असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान रद्द भएका हुन् । सोमबार जजिराको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भयो । […]