तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ। यसै वर्ष जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चेनसा बोकेको आरोपमा पक्राउ परेका माजिद अदिनेहलाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। इरानी न्यायपालिकाका अनुसार अदिनेहलाई देशव्यापी रूपमा भएको प्रदर्शनमा ‘शत्रुतापूर्ण समूहको पक्षमा अपरेसनल गतिविधि’ गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। […]