मधेशमा नयाँ सरकार गठनका लागि भोलि ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा आह्वान, कांग्रेसले दाबी पेस गर्ने

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार आह्वान गरेकी छन् ।