लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान कार्यक्रमका लागि चीनको हाइनान प्रान्तस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमीतर्फ प्रस्थान गर्नु नेपाल–चीन सम्बन्धको जनस्तरीय आयामलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण कदम हो । यो कार्यक्रम केवल भाषा अध्ययन वा शैक्षिक भ्रमणमा सीमित छैन, यसले बुद्धको जन्मभूमि लुम्बिनी र चीनको दीर्घ बौद्ध परम्पराबीचको ऐतिहासिक, सांस्कृतिक तथा […]