काठमाडौं– सरकारले आर्थिक सुधार कार्ययोजना २०८२ अन्तर्गत स्वास्थ्य नीतिमा चिकित्सकहरूको उत्पादन बढाउनेतर्फ केन्द्रित हुने उल्लेख गरेकाे छ । नेपालमा हाल उपलब्ध चिकित्सकहरूकै व्यवस्थापन गर्न र उनीहरूलाई मागअनुसारको सेवा सुविधा प्रदान गर्न नसकिरहेको अवस्थामा कार्ययाेजनामा उक्त कुरा उल्लेख छ । सरकारले लामो समयदेखि स्थायी दरबन्दी नखोल्दा चिकित्सा क्षेत्रको ठूलो जनशक्ति बाहिरिएको छ । नेपालमै भएकाहरू न्यून […]