कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । उनीहरूले फूल बिक्री गरेर ४ लाखभन्दा बढी आम्दानी गरेका छन् ।