नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को औपचारिक मान्यता प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आईसीसीको स्वीकृति प्राप्त भएको जानकारी दिएको हो। क्यानको आयोजना तथा व्यवस्थापनमा हुने प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तय छ। आईसीसीको औपचारिक स्वीकृतिले नेपालको घरेलु क्रिकेटको विकास, विस्तार […]