काठमाडौँ । सामुदायिक वनको काठ लगत समर्थन तथा लिलाम सहमतिको सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखाका प्रमुखसमेत रहेका वन अधिकृत (सातौँ) पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। […]