नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थानका दूरसञ्चार साइट सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबार रसुवाका जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट सञ्चालनमा ल्याएको हो। यससँगै बाढीबाट प्रभावित भएका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० साइट पुनः सञ्चालनमा आएका छन्। अब प्रभावितमध्ये १० साइट सञ्चालनमा आउन बाँकी छन्। रसुवाको जिबजिबे टावर सञ्चालनमा […]