कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने पदार्थसहित बाँके नेपालगंज उपमहानगरपालिका-९ बस्ने ३६ वर्षीय दीपक गौरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।