विश्व ऊर्जा आपूर्तिको रणनीतिक मार्ग हर्मुज जलडमरु पुनः सञ्चालनमा ल्याउने विषयमा इरानले अमेरिकासामु विभिन्न सर्त अघि सारेको छ। अमेरिकाले ती सर्त पूर्ण रूपमा स्वीकार गरेपछि मात्रै जलमार्ग खोलिने इरानी अधिकारीहरूले बताएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलघद्रले हर्मुज खोल्न अमेरिकाले क्षतिपूर्ति दिनुपर्ने र नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्नेलगायत सर्त अघि सारेका छन्। […]