दार्चुलाको दुम्लिङस्थित घट्टेखोलामा हर्क साम्पाङले गरे पुलको शिलान्यास

प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर पुलको शिलान्यास गरेका छन् । उनले ब्यास गाउँपालिका–२ स्थित दुम्लिङमा रहेको घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् ।