राष्ट्रिय सभा सदस्यमा अर्याललाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो । […]