काठमाडौं। निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष सर्वोच्च अदालत पुगेको छ। निर्वाचन आयोगले दिएको निर्णयविरूद्ध विघटित केन्द्रीय समितिको शनिबार सानेपामा बसेको निष्कर्षअनुसार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा नेताहरू रिट लिएर आज सर्वोच्च अदालत पुगेका हुन्। उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधानविपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको […]