जेन–जी आन्दोलन : २३ अर्बमाथिको बीमा दाबी, ४ अर्ब भुक्तानी

हालैको जेन–जी आन्दोलनका क्रममा विभिन्न क्षेत्रमा भएका भौतिक तथा अन्य क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा जम्मा ३ हजार २५५ वटा बीमा दाबी दर्ता भएका छन्। ती दाबीहरूको कूल रकम करिब रु. २३ अर्ब ४३ करोड ४१ लाख रहेको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार हालसम्म अग्रिम भुक्तानीसहित करिब रु. ४ अर्ब २ करोड बीमितहरूलाई […]