जीवनमा पहिलो पल्ट मैले फोनमा बोलेको थिएँ। सबैभन्दा पहिले मेरा दाजुहरूलाई सुनाएँ।
दाजुले भन्नुभयो, ‘यहाँ बसेर धेरै टाढा-टाढाका मानिससित बिस्तारै बोलेर कुरा गर्न सकिन्छ भन्ने कुरा यहाँ त भनिहालिस्, अन्त गएर चाहिँ नभन्नु, भनिस् भने पण्डितको साइँलो छोरो एसएलसी पास गरेर पढ्न विराटनगर बस्थ्यो, उसको दिमाग खुस्केछ भन्लान् नि।’