राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। बडादसैँका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले विभिन्न जातजातिका आ–आफ्नै परम्परा भए पनि दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, […]